नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लि मा नयाँ अध्यक्षको जिम्मेवारी बनेपा–८, काभ्रे │बनेपा नगर पालिका वडा नं. ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा संचालक श्री राजकुमार राई चयन हुनुभएकोमा नेपाल राष्ट्र बैंकमा आज शपथ ग्रहण भएको छ । नवनिर्वाचित अध्यक्ष श्री राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री गुरू प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। संस्थाको मर्जर पश्चातको स्थायित्व, सुदृढ वित्तीय सेवा विस्तार तथा ग्रामीण समुदायको वित्तीय पहुँच वृद्धिमा राईको अनुभव र नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास संस्थाले व्यक्त गरेको छ। अध्यक्ष राईको नेतृत्वमा संस्था अझ सुदृढ र प्रभावकारी ढङ्गले अघि बढ्ने अपेक्षा गरिएको छ ।
© Copyright © 2026 All Rights Reserved.
Designed by Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.