नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको डोकैला शाखाले एक दिने 'केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम' भव्य रूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रम मंगलबार सम्पन्न भएको थियो, जसमा स्थानीय जनप्रतिनिधि, प्रहरी, पत्रकार, अभिभावक, संस्थाका केन्द्र प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व केन्द्र नं. १०० की केन्द्र प्रमुख रिनादेवीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा बहुदरमाई गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव रहेका थिए। कार्यक्रममा पर्सा जिल्ला महिला तथा बालबालिका सेवा केन्द्रकी अध्यक्ष श्रीमती कान्ति गिरि, कलैया क्लस्टर प्रमुख किरण बिष्ट, प्रहरी चौकी डोकैलाका प्रतिनिधि अनिल महतो, डोकैला शाखा प्रमुख सुजन छेत्री तथा बढनिहार शाखा प्रमुख निराजन चौधरी अतिथिको रूपमा उपस्थित भएका थिए। कार्यक्रमको शुभारम्भ प्रभातफेरीबाट गरिएको थियो, जसमा करिब ८० जना सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी पम्प्लेट हातमा लिई वित्तीय साक्षरताका नारासहित डोकैला बजार परिक्रमा गरेका थिए। डोकैला शाखाका प्रमुख सुजन छेत्रीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन कलैया शाखाका प्रमुख विनोद चौधरीले गरेका थिए । कलैया क्लस्टर प्रमुख किरण बिष्टले संस्थाको वर्तमान अवस्था तथा वित्तीय सेवासम्बन्धी जानकारी गराएका थिए । बढनिहार शाखा प्रमुख निराजन चौधरीले केन्द्र प्रमुखहरूको भूमिका, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिएका थिए भने कर्मचारी दिपेन्द्र चौधरी र कुन्दन कुमार चौधरीले संस्थाको सेवा सुविधा तथा ग्राहक संरक्षण कोषबारे सहभागीहरूलाई जानकारी गराए। कार्यक्रमको अन्त्यमा शाखा प्रमुख सुजन छेत्रीले वित्तीय साक्षरताको महत्त्वबारे प्रस्तुतिकरण गर्दै सहभागीहरूसँग अन्तरक्रिया तथा गुनासो सङ्कलन गरेका थिए। साथै, उत्कृष्ट केन्द्र तथा सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।