काभ्रे जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको झापा जिल्लाको बुधबारे शाखा अन्तर्गत रहेको जागृती नेरूडे मिर्मिरे व्यवसायिक समूहका सदस्य लिलाप्रसाद ढुंगेलको दुःखद निधन पश्चात, निजकी श्रीमती मनिषा ढुंगेललाई बीमा दावी तथा क्रिया खर्च वापत रू. ८ लाख ३९ हजार ४ सय ५६ रकम भुक्तानी गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच, बुद्धशान्ती गाउँपालिका वडा नं. ५ का वडा सदस्य नरबहादुर कुमालले उक्त बीमा दावी रकम स्थानीय भद्रभलादमी तथा केन्द्रका सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडासदस्य कुमालले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सदस्यहरूसंग लिने मात्र नभइ विभिन्न सेवा प्रदान गर्ने र उनीहरूको आर्थिक सुरक्षा तथा विपत्तिको समयमा सहयोग पुर्याउँदै आएको भन्दै संस्थाको कार्यको प्रशंसा गरे । उनले यसले कमजोर आर्थिक अवस्थामा रहेका सदस्यहरूको सम्पत्ति सुरक्षित राख्न मद्दत पुगेको बताए । लिलाप्रसाद ढुंगेलको निधनपछि गर्भवती अवस्थामा रहेका उनकी श्रीमती मनिषा ढुंगेलले यो बीमा रकमले आफू र आफ्नो सन्तानको जीवनयापनमा ठूलो सहयोग पुगेको भन्दै संस्थाप्रति आभार प्रकट गरिन् । कार्यक्रममा बुधबारे शाखाका शाखा प्रमुख इन्द्रजित चौधरी र अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । नेरूडे मिर्मिरे लघुवित्तले आफ्ना सदस्यहरूको सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीसँग म्यादी जीवन बीमा गरिरहेको छ, जसअन्तर्गत यस्तो सहयोग उपलब्ध गराइएको हो ।
© Copyright © 2026 All Rights Reserved.
Designed by Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.