बनेपा केन्द्रीय कार्यालय रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको मधेश प्रदेश अन्तर्गत शाखा कार्यालय जितपुरको केन्द्र नं. १५ मा आवद्ध सदस्य विशरमिया देवी थरुईनको निधन पश्चात संस्थाले बीमा दाबी राहत प्रदान गरेको छ । मृतआत्माको चिर शान्तिको कामना गर्दै शाखा कार्यालयले म्यादी जीवन बीमा बापतको रु. १,७०,००० (एक लाख सत्तरी हजार रुपैयाँ मात्र) क्षतिपूर्ति रकम सदस्यको श्रीमानलाई हस्तान्तरण गरिएको छ। शाखा प्रमुख विवेक कुमार मिश्रले केन्द्रका सदस्यहरू, कर्मचारीहरू, र स्थानीयहरूको रोहबरमा उक्त बीमा दाबी रकम हस्तान्तरण गरेको हो। यस दुःखद समयमा, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले परिवारप्रति समवेदना व्यक्त गर्दै, आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ। परिवारको तर्फबाट संस्थाले बीमा गरिदिए वापतको भुक्तानीले ठूलो राहत भएको र संस्था प्रति आभारी रहेको बताए ।