एकिकृत कारोबार पुर्व नेरुडे लघुवित्त वित्तीय संस्था लि. र मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले उच्च व्यवस्थापन सहितको परिचयात्मक अन्तरक्रिया तथा तालिम कार्यक्रम काठमाण्डौको होटल एल्लो प्यागोडामा सम्पन्न गरेको छ । दुबै संस्थाको भोली फागुन ३० गते एकिकृत कारोबार हुन गइरहेको पुर्व सन्ध्यामा मर्जर पश्चात एक आपसमा सकारात्मक तालमेल मिलाउनको लागि र दुई संस्था एक भए पश्चात अझ सवल र सक्षम बन्न के के गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको कार्यक्रमका विशेष अतिथि एवं मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष सन्तोष फुयलले बताउनुभयो । नेरुडे लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजिकरण समेत गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई त्रिभुवन विश्व विद्यालयका प्राध्यापक एवं लघुवित्त विषयमा विद्यावारिधि गर्नुभएका प्रशिक्षक डा. भरत सिंह थापाले दुई संस्था बिच भोलीको दिनमा सम्भावित आइपर्ने चुनौतीहरुको कसरी सामना गर्ने तथा अझै कसरी अवसरहरु निकाल्न सकिन्छ भन्ने विषयमा प्रशिक्षित गर्नुभएको थियो । कार्यक्रममा संयुक्त मर्जर कमिटीका संयोजक मणि कुमार अर्ज्याल प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया तथा तालिम कार्यक्रममा अब नेरुडे मिर्मिरेले नेपालको लघुवित्त क्षेत्रमा अग्रिणी भुमिका निर्वाह गर्दै जानुपर्ने बताउनुभयो । कार्यक्रमको औचित्यता माथि प्रकाश एवं उपस्थित सहभागिहरुलाई स्वागत मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले गर्नुभएको थियो ।