Welcome To Nerude Mirmire Laghubitta Bittiya Sanstha Limited "Together for Prosperity"




Staff Login
Careers

News and Event

Home News and Event

नेरूडे मिर्मिरे लघुवित्तद्वारा दोश्रो त्रैमासको समिक्षासंगै ‘गुणस्तरीय कर्जा लगानी तथा जोखिम व्यवस्थापन’ तालिम सम्पन्न


Laghubitta Bittiya Sanstha Ltd.

ाभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मातहतका सम्पूर्ण शाखा प्रमुख, क्लष्टर प्रमुख तथा प्रदेश प्रमुखहरूलाई लक्षित गरी ‘गुणस्तरीय कर्जा लगानी तथा जोखिम व्यवस्थापन’ तालिम सम्पन्न गरेको छ भने दोश्रो त्रैमासको समिक्षा कार्यक्रम समेत सकाएको छ । संस्थाले देशभरीमा चार चरणमा यो तालिम कार्यक्रम सम्पन्न गरेको हो। मधेश प्रदेशमा बर्दिबास, कोशी प्रदेशमा विराटनगर, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका शाखाहरूका लागि कोहलपुर, तथा बागमती र गण्डकी प्रदेशका लागि धुलिखेलमा तालिम कार्यक्रम सम्पन्न गरिएको छ। धुलिखेलमा भएको अन्तिम चरणको तालिमसँगै दोश्रो त्रैमासिक समिक्षा कार्यक्रम समेत सम्पन्न भएको छ। यी कार्यक्रमहरू अन्तर्गत संस्थाका २२५ वटा शाखा प्रमुख, २५ वटा क्लष्टर प्रमुख तथा सबै प्रदेश प्रमुखहरू सहभागी भएका थिए। चारवटै कार्यक्रमहरूमा बरिष्ठ प्रशिक्षक तथा लघुवित्तकर्मी प्रकाश राज शर्माले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको हो । तालिम तथा समिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन चार चरणका कार्यक्रमहरुमा संस्थाका संचालकहरु, अध्यक्ष तथा पूर्व अध्यक्षहरु, प्रमुख कार्यकारी अधिकृत, नायब कार्यकारी प्रमुख, सहायक कार्यकारी प्रमुख तथा विभागीय प्रमुखहरू समेतको उपस्थिति रहेको थियो । यसैबीच, संस्थाले लेखापरीक्षण तथा अनुगमनमा संलग्न कर्मचारीहरूका लागि विराटनगरमा ‘लेखापरीक्षण सम्बन्धी विशेष तालिम’ समेत सम्पन्न गरेको छ। संस्थाले आगामी दिनमा फिल्ड कर्मचारीहरू तथा ग्राहक सदस्यहरूलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू चरणबद्ध रुपमा सञ्चालन गरिँदै जाने योजना रहेको संस्थाका का प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले जानकारी गराउनुभयो।

© Copyright © 2026 All Rights Reserved.
Designed by Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.